कैलालीमा तीन जना बालिकामाथि सामूहिक बलात्कार


कैलाली – कैलालीमा तीन जना बालिकामाथि सामूहिक बलात्कार भएको छ । बलात्कारको आरोपमा पहरीले चार जनालाई पक्राउ गरेको छ ।

मंगलबार दिउँसो साढे १ बजे टिकापुर नगरपालिका १ स्थित रानी कुलो किनारमा १४ वर्षीया तीन नाबालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतिक विष्टका अनुसार ती नाबालिकाहरूलाई डर धम्की देखाई जवरजस्ती करणी गरी उनीहरु फरार भएका थिए ।

उक्त घटनाको सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको टोलीले घटनामा संलग्न व्यक्तिहरुको खोजी सुरू गरेको थियो ।

सोअनुसार प्रहरीले सोही ठाउँ बस्ने १८ वर्षीय सन्दिप ठकुल्ला, २१ वर्षीय दिपक बुढा, १९ वर्षीय डम्बर ठकुल्ला र २० वर्षीय दिपक ठकुल्लालाई पक्राउ गरेको हो । अर्का एक जना फरार रहेका छन् ।

प्रहरीले मंगलबार नै कैलाली जिल्ला अदालतबाट उनीहरूमाथि अनुसन्धान गर्न सात दिनको म्याद थप गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement