काठमाडौंमा नसालु पदार्थ खुवाएर महिलामाथि बलात्कार, दुई जना पक्राउ


काठमाडौं – काठमाडौंमा बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन् ।

२९ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा गोकर्णेश्वर नगरपालिका–७ माकलबारीबाट आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका–४ बेशिगाउँ बस्ने दोलखा गौरी शंकर गाउँपालिका–४ घर भएका २७ वर्षीय पासाङ शेर्पा र कागेश्वारी मनोहरा नगरपालिका–६ बस्ने सिन्धुपाल्चोक घर भएका २८ वर्षीय भुवन बिष्ट रहेका छन् ।

मादक पदार्थ सेवन गरी ती महिलालाई नसालु पदार्थ खुवाई जबरजस्ती करणी गरेको आरोपमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement