भारतीय बजार गएका दुई युवतीमाथि सामूहिक बलात्कार

भारतीय बजार गएका दुई युवतीमाथि सामूहिक बलात्कार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ – दाङस्थित नेपाल–भारत सीमावर्ती बजार गएका दुई नेपाली युवतीमाथि सामूहिक बलात्कार भएको छ ।

आइतबार बिहान ११ बजे भारतको मनीपुर बजार गएका राजपुर गाउँपालिकाका दुई युवती भारतीय युवकहरूबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

भारतको मनिपुर बजारमा जाने क्रममा सीमावर्ती क्षेत्रको जंगलमा भारतीय युवाको समूहले सामूहिक बलात्कार गरेको हो । साथै, चार जना युवती लुटिएका छन् । उनीहरु ६ जनासँगै बजारतर्फ जाँदै थिए ।

घटनास्थल भारतीय भूमि भएकाले उक्त घटना भारतीय प्रहरीले हेरिरहेको दाङ प्रहरीले जनाएको छ ।