काठमाण्डु- ठमेलस्थित एलओडी (लर्ड अफ ड्रिंक्स) क्लबका सञ्चालक फरार भएका छन्। ललितपुर प्रहरी परिसरले एलओडीका सञ्चालक रुदीलबल्लव श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ पुर्जी लिएर खोजी गरिरहेको छ ।
उनीहरु हाल सम्पर्कविहीन छन् । नाबालिग बलात्कारको मुद्दामा जोडिएपछि एक सातादेखि मोबाइल फोन बन्द गरेर सञ्चालक श्रेष्ठ र सुवाल फरार भएको प्रहरीले जनाएको छ।
प्रहरीले क्लबका दुई सञ्चालकविरुद्ध असार १३ गते जिल्ला अदालत काठमाण्डुबाट पक्राउ पूर्जी लिएको थियो। नाइट क्लब, बारहरूमा नाबालिगलाई प्रवेश गराउन कानुनले दिदैँन । तर, कानुन विपरीतको प्रवेशका कारण प्रहरीले एलओडी क्लबका सञ्चालकमाथि पनि अनुसन्धान गरिरहेको हो ।
उदयपुरकी १६ वर्षीया बालिकालाई एलओडी भित्र भेटेका ५० वर्षीय सुजन कोइरालाले सानेपामा पुर्याएर बलात्कार गरेको प्रहरीले जनाएको छ । ३० जेठमा बालिका एलओडी क्लब गएकी थिइन्र ।




प्रतिक्रिया