काठमाण्डु- बझाङमा बलात्कार आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका बस्ने २८ वर्षीया एक महिलालाई आइतबार दिउँसो बलात्कार गरेको आरोपमा प्रहरीले ती बालकलाई पक्राउ गरेको हो ।
शारीरिक रूपमा असक्त महिलालाई घरमा कोही नभएको अवस्थामा बलात्कार गरेको र महिलाको आमाले देखेपछि फरार भएका बालकलाई खोजी गर्दै जाँदा पक्राउ गरेको जनाइएको छ ।




प्रतिक्रिया