घरमै खेलिरहेकी ५ बर्षीयालाई बलात्कार गर्ने यी कर्मचारी

घरमै खेलिरहेकी ५ बर्षीयालाई बलात्कार गर्ने यी कर्मचारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – तामाकोशी गाउँपालिकाकी ५ बर्षीया बालिका बलात्कार गरी फरार रहेका खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका कर्मचारी कमल बजगाई पक्राउ परेका छन् ।

२१ भदौमा घरमै खेलिरहेकी बालिका बलात्कार गरेर बजगाई फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय दोलखाको विशेष टोलीले विहीबार राजधानी काठमाडौंस्थित कोटेश्वरबाट बजगाईलाई पक्राउ गरेको दोलखाका प्रहरी प्रमुख डिएसपी वासुदेव पाठकले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार पीडितका आफन्तले दिएको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।, प्रहरीका अनुसार बालिकाको स्वास्थ्य परीक्षणबाट बलात्कार पुष्टि भईसकेको छ ।

तर, फरार रहेका बजगाईले विभिन्न ब्यक्ति प्रयोग गरी बलात्कारको मुद्धा फिर्ता गराउन र पैसा दिएर मिलाउन पीडित परिवारलाई ठुलो दबाब दिँदै आएका थिए ।त्यस्तै, खानेपानी कार्यालयमा करारका कर्मचारी बजगाई पहुँचको धाक लगाई करार अवधि सकिए पनि जबर्जजस्त हाजिर गर्दै आएका थिए ।यो खबर आजको नयाँ पत्रिकामा छ ।