काठमाण्डु – काठमाडौं जिल्ला अदालतले वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरीलाई ७ वर्ष कैद सजाय र तीन लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ ।
न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले सोमबार वैवाहिक बलात्कार मुद्दामा गिरीलाई उक्त पैसला सुनाएको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिए । वैवाहिक बलात्कारको न्यायाधीश भुसालकै इजलासले गिरीलाई गत जेठ १३ गते दोषी ठहर गर्दै सजाय निर्धारणका लागि सोमबारको मिति निर्धारण गरेको थियो ।
गिरीकी पत्नी आरती रावलले न्यायाधीश गिरीविरुद्ध गत वर्षको वैशाख १९ गते मुद्दा दायर गरेकी थिइन् । त्यसबेला गिरी जिल्ला अदालत कपिलवस्तुमा कार्यरत थिए । गिरीविरुद्ध उनकी पत्नी रावलले दिएको मुद्दाअघि बढेपछि निलम्बित गिरीलाई सर्वोच्च अदालतको २१ चैतमा थुनामा पठाएको थियो । गिरीले गत वैशाख ३ गते जिल्ला अदालतमा आत्मसमपर्ण गरेका थिए ।
सोमबार सजाय निर्धारणको क्रममा तोकिएको जरिवाना रकमबाटै पीडितलाई क्षतिपूर्ति भराइने स्रेस्तेदार शर्माले बताए ।




प्रतिक्रिया