४१ वर्षीय बाबुलाई बलात्कारको भूत चढेपछि…

४१ वर्षीय बाबुलाई बलात्कारको भूत चढेपछि…

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – छोरीलाई बलात्कार गर्न खोजेको आरोपमा गुल्मीको इस्मा गाउँपालिका–४ दोहोलीमा बाबुलाई पक्राउ गरिएको छ । १३ वर्षीया छोरीलाई बलात्कार गर्न खोजेको आरोपमा ४१ वर्षीय बाबु पक्राउ परेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

गत असोज २९ गते साँझ मालिका गाउँपालिका–६ अर्जैमा छोरीलाई बलात्कार गर्न खोजेको पीडितले बताएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले बताए । पीडितकी आमाले प्रहरीमा जाहेरी दिएकी हुन् ।

पक्राउ परेका पुरुषलाई गुल्मी अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । वैदेशिक रोजगारीबाट आएका ती पुरुषले मदिरा सेवन गरेर छोरीलाई बलात्कार गर्न खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।