माकलबारीमा आरआर क्याम्पसका स्ववियु सहसचिवबाट किशोरी बलात्कृत

माकलबारीमा आरआर क्याम्पसका स्ववियु सहसचिवबाट किशोरी बलात्कृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – आरआर क्याम्पसका स्ववियु सहसचिव इन्द्रहाङ राई बलात्कारको आरोपमा पक्राउ परेका छन् । एक किशोरीलाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

उनले काठमाडौंको माकलबारीमा आफन्तको घरमा लगेर बलात्कार गरेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ। पीडित किशोरीको उजुरीका आधारमा राई पक्राउ परेका हुन् ।

प्रहरीले किशोरीले बताएअनुसार घटनास्थल नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले बताए । उनका अनुसार किशोरीको स्वास्थ्य जाँच भइरहेको छ । राई सत्तारूढ नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूका केन्द्रीय सदस्य हुन् ।

पक्राउ परेका राईलाई कारबाहीका लागि कुनै कसर बाँकी नराख्न अनेरास्ववियु नेता आरसी लामिछानेले प्रहरीसँग माग गरेका छन् । राईलाई संगठनले समेत निश्कासन गर्ने उनले बताए ।