१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी – एक १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राजगढ गाउँपालिका-२ कमलपुर बस्ने १९ वर्षीय रामजिवन यादव पक्राउ परेका छन् ।

यादवले ती किशोरीलाई ललाई फकाई टेलिफोनमार्फत घरबाट बाहिर बोलाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । उनले किशोरीमाथि बलात्कार गरेके भन्ने उजुरीका आधारमा प्रहरी चौकी झुटकीबाट खटिएको प्रहरीले यादवलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।