सल्यान – प्रहरीमाथि हातपात गर्नै दुई जना पक्राउ परेका छन् । जिल्लाको बागचौर नगरपालिका–२ स्थित सडकमा अस्थाई प्रहरी पोष्ट बाग्चौरबाट खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा सोही नगरपालिका खरिबोट बस्ने २७ वर्षीय ईश्वर भण्डारी र २३ वर्षीय दोर्ण गिरीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।
गिरीले चलाएको रा.४ प २८१२ नम्बरको मोटरसाइकलमा सवार भण्डारीले मादक पदार्थ सेवन गरी दाङबाट बागचौर नगरपालिकातर्फ जाँदै गरेको लु.२ च १२०५ नम्बरको जीप चालकलाई दुर्व्यवहार गरी गाडीको चाबी समेत खोसेका थिए ।
घटनाबारे प्रहरीले सोधपुछ गर्नेक्रममा प्रहरी कर्मचारीहरूलाई समेत हातपात गरेपछि ईलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया