कैलालीमा १० वर्षीया बालिका बलात्कृत


कैलाली – कैलालीमा १० वर्षीया बालिका बलात्कृत भएकी छन् । नाकखेलेढुंगा जंगल हुँदै गइरहेको अवस्थामा ती बालिका बलात्कृत भएकी हुन् ।

बलात्कारको आरोपमा चुरे गाउँपालिका–१ का २२ वर्षीय लाले घर्तीथापालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

थापाले ती बालिकालाई एक्लै पारी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी घरखेडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement