काठमाण्डु – संदीय समितिमा यौनजन्य हिंसामा हदम्याबारे छलफल भएको छ । सुन्दरी प्रतियोगिताका आयोजकले आफूमाथि नसालु पदार्थ खुवाएर बलात्कार गरेरको एक युवतीले भिडियो सन्देशमार्फत घटना सार्वजनिक गरेपछि यौनजन्य हिंसामा गरिएको हदम्यादबारे पुनर्विचार गर्नुपर्ने आवाज उठिरहेको छ ।
यसैक्रममा सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक समितिको बैठकमा हदम्यादबारे छलफल भएको हो । छलफलका क्रममा एमालेकी सांसद तथा पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीसमेत रहेकी थममाया थापाले यौनजन्य हिंसाका घटनाको अनुसन्धानका लागि हदम्याद राख्नैपर्ने धारणा राखेकी छन् ।
यौनजन्य हिंसा रोक्नका लागि सशक्त कानुन बनाउन सकिने भन्दै उनले भनिन्, ‘यौनजन्य हिंसामा हदम्यादै नराख्ने भन्ने कुरा भएन । हदम्याद त राख्नैपर्ने हुन्छ।’ पीडकलाई कडा कानुनी कारबाही र पीडतलाई न्याय दिने गरी कानुन बनाउनुपर्नेमा जोड दिएकी उनले यसका लागि आवश्यक परे कानुन परिमार्जन पनि गर्नुपर्ने बताइन् ।
त्यस्तै आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी, गृह मन्त्रालय र महिला मन्त्रालयका अधिकारीहरुसँगको छलफलपछि समितिले सरकारलाई हदम्यादको व्यवस्था पुनरावलोकन गर्न निर्देशन दिएको छ । बालबालिका वा नावालिग माथि हुने र महिलामथि हुने यौन हिंसा÷दुव्र्यवहार, जबरजस्ती करणी जस्ता जघन्य अपराधहरुका घटनामा विद्ययान हदम्यादको व्यवस्थालाई पुनरावलोकन गर्न अत्यावश्यक देखिएको’ समितिले निर्णयमा भनेको छ ।




प्रतिक्रिया