बलात्कार मुद्दामा फरार आठ वर्षपछि पक्राउ

बलात्कार मुद्दामा फरार आठ वर्षपछि पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रे – जिल्ला प्रहरी कार्यालयले बलात्कारका कसुरदारलाई आठ वर्षपछि धुलिखेलबाट पक्राउ गरेको छ । जबर्जस्ती करणी मुद्दामा १० वर्ष सजाय फैसला गरिएका बेथानचोक गाउँपालिका–४ का ४५ वर्षीय रामहरि राउतलाई प्रहरीले पक्राउ गरेको हो ।

राउतलाई ललितपुर जिल्ला अदालतले २०७० भदौ २६ गते १० वर्ष कैद फैसला सुनाएको थियो । कैद फैसलापश्चात फरार रहेका राउतलाई धुलिखेल नगरपालिका–७ बाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए।

उनका अनुसार पक्राउ परेका महतलाई कानुनबमोजिम कैद तथा जरिवाना फर्स्यौटका लागि जिल्ला अदालत धुलिखेलमा पेश गरिएको छ । फैसला कार्यान्वयनको सिलसिलामा अदालतबाट प्राप्त लागतमा फरार रहेका प्रतिवादी खोजतलासका क्रममा महत पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले प्रहरी अधिकृतको नेतृत्वमा फरार प्रतिवादी खोजतलास अभियान सञ्चालन गरिरहेको छ ।