अश्लिल भिडियो देखाएर जबरजस्ती करणी गर्ने योजना, २० वर्षीय युवक पक्राउ


सिरहा – प्रहरीले अश्लिल भिडियो बनाएर ब्ल्याकमेलिङ गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

२२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेको अभियोगमा कल्याणपुर नगरपालिका–४ का २० वर्षीय अजय महरालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

ती महिलालाई सोही नगरपालिका–४ बस्ने २३ वर्षीय जितन रामले जबरजस्ती करणी गरेको भिडियो अजयले खिचेका थिए । अजयले सो भिडियो देखाएर व्ल्याकमेल गर्दै ती महिलालाई जबरजस्ती करणी गर्ने योजना बनाएको प्रहरीले जनाएको छ ।

उक्त खबर पाउनासाथ ईलाका प्रहरी कार्यालय कल्याणपुर सिरहाबाट खटिएको प्रहरीले अजयलाई पक्राउ गरेको हो ।

हाल फरार रामको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement