कैलालीमा बलात्कार अभियोगमा चारजना पक्राउ

कैलालीमा बलात्कार अभियोगमा चारजना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – कैलाली, जानकी गाउँपालिका ९, खैरीफाँटाकी १७ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेका अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खैरीफाँटाका दीपक कडारा, लोकेश रावत, शंकर विश्वकर्मा र कुमार कडारा रहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए । उनले पीडित युवतीले दिएको किटानी जाहेरीका आधारमा उनीहरुलाई आइतबार पक्राउ गरिएको बताए ।