जनकपुरमा आँपको प्रलोभन देखाएर बालिकाको निर्मम हत्या, भारतीय युवक पक्राउ

जनकपुरमा आँपको प्रलोभन देखाएर बालिकाको निर्मम हत्या, भारतीय युवक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा – धनुषामा ११ वर्षीया बालिकाको हत्या आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

गत बुधबार आँप बगैंचामा भैसी चराउन गएकी जनकपुरधाम उपमहानगरपालिका–१९ कुर्था बस्ने ११ वर्षीया बालिका कञ्चनकुमारी परियारलाई बलात्कार गरी हत्या गरेको आरोपमा भारतको उत्तर प्रदेश राज्यको मलिहावाद थाना काकोरी ग्राम पञ्चायत बण्डाखेराका ३२ वर्षीय दिपु सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।

विगत पाँच महिनादेखि सिंह दूधमती खोला छेउमै रहेको चौधरी र मिश्र इन्डष्ट्रिजमा काम गर्दै आएका सिंहले गत असार १८ गते बलात्कार गरी निर्मम हत्या गरेको प्रहरीले जनाएको छ ।

उनले आँपको प्रलोभन देखाएर बालिकालाई इन्डष्ट्रिजको पछाडिपट्टिको बगैंचाको एकान्त कुनामा लगेर करणी गरेका थिए । बलात्कारपछि उनले बालिकालाई मुख थुनेर हत्या गरेका थिए ।

धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले आँपको प्रलोभन देखाएर बालिकालाई ललाइफकाई  बलात्कार गरेको जानकारी दिए । उनले पक्राउ परेका सिंहमाथि थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।