पोखरामा होटलमा लगेर आफ्नै छोरीमाथि बलात्कार


कास्की – आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । १३ वर्षीया नाबालिग छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३९ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले छाेरीमाथि विगत केही वर्षदेखी अनेकौं बहाना बनाई जबरजस्ती करणी गर्दै आएका थिए । त्यस्तै मंसिर ६ गते एउटा होटलमा लगेर जवरजस्ती अश्लिल फोटो तथा भिडियो देखाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले ती पुरुषलाई पक्राउ गरेको हो ।

उनीविरुद्ध जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement