काठमाडौं – काठमाडौंको गोंगबुमा बाबुले आफ्नै छोरीलाई बलात्कारको प्रयास गरेका छन् ।
टोखा नगरपालिका वडा नम्बर ९, गोंगबु गणेशस्थान बस्ने काभ्रे मण्डनदेउपुर नगरपालिका–१० घर भएका ४० वर्षीय गणेश तामाङले आफ्नै २२ वर्षीया छोरीलाई मंगलबार राति बलानत्कारको प्रयास गरेका हुन् ।
अहिले आरोपित तामाङलाई पक्राउ गरि महानगरीय प्रहरी वृत्तको नियन्त्रणमा राखिएको प्रहरीले जानकारी दिएको छ । पीडित युवतीलाई स्वास्थ्य परीक्षणका लागि प्रसूतिगृह थापाथली पठाइएको प्रहरीले जनाएको छ ।
राति करिब साढे १ बजे आफ्नै छोरीलाई आफ्नै कोठामा बलात्कार गर्न खोजेको भन्ने खबर पाउनासाथ महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट प्रहरी निरीक्षकको नेतृत्वमा गएको टोलीले आरोपित तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया