पत्नी बलात्कार गर्ने ३० वर्षिय श्रीमान पक्राउ

पत्नी बलात्कार गर्ने ३० वर्षिय श्रीमान पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर – आफ्नै पत्नीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छ् ।

बिरामी भएको बेला पतिले बलात्कार गरेको पत्नीले उजुरी दिएपछि महानगरीय प्रहरी परिसर, भक्तपुरको टोलीले युवकलाई बिहिबार पक्राउ गरेको भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

रामेछाप घर भई हाल चाँगुनारायण नगरपालिका–८ जीतपुरमा बस्दै आएका ३० वर्षीय युवकलाई पक्राउ गरिएको उनले बताए । उनीहरूको १० वर्षअघि विवाह भएको थियो । उनीहरूको आठ वर्षको एक छोरा रहेको पोखरेलले बताए ।