बलात्कार प्रयास गरेको आरोपमा एक युवक पक्राउ

बलात्कार प्रयास गरेको आरोपमा एक युवक पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु – महाराजगञ्ज नगरपालिका वडा नं ५ इटरोलमा एक किशोरीलाई जबर्जस्ती करणीको प्रयास गर्ने २६ वर्षीय रवीन्द्र केवट आज पक्राउ परेका छन् ।

गए राति करिब १२ बजे युवतीका घरमा जबर्जस्ती करणीको प्रयास गरेपछि केवटलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए ।

अभियुक्तको स्युराज अस्पताल बहादुरगञ्जमा शारीरिक परीक्षण गरेर आज मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइने प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।