सुनसरीमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार


सुनसरी – सुनसरीको इटहरीमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।

इटहरी–११ स्थित सिमरबनामा गत वैशाख १४ गते ९ जनाको समूहले बलात्कार गरेको पीडित युवतीले बताएकी छन् ।

पीडित किशोरीले इलाका प्रहरी कार्यालय इटहरीमा आफूमाथि सामूहिक बलात्कार भएको भन्दै उजुरी दिएकी छन् ।

सुन्दरहरैचा–२ की बस्दै आएकी किशोरीमाथि बलात्कार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अन्य सात जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बलात्कारमा परेकी किशोरीको स्वास्थ्य परीक्षण गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement