गुल्मी – वर्षीया बालिका जबरजस्तिकरणी गरेर फरार भएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेका छन् ।
इश्मा गाउँपालिका-२ स्थित ढाडा घर भएका ३९ वर्षीय प्रेमबहादुर कार्कीलाई बालिका जबरजस्तिकरणीको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।
गएको सोमबार करिब ५ बजे ११ वर्षे बालिका पानी लगाउन गएको समयमा कार्कीले आफ्नो घरमा लिएर जबरजस्तिकरणी गरेको भन्दै प्रहरीमा उजुरी परेकोे थियो । घटनाका बारेमा परिवारले बुधवार मात्रै स्थानीय प्रहरी चौकी हस्तिचौरमा खबर गरेको प्रहरी जनाएको छ ।
जबरजस्तिकरणीपछि आरोपित फरार रहेकोले प्रहरी बुधबार राति नै तम्घास धागीथुमबाट पक्राउ गरी ल्याइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले जानकारी दिए । जबरजस्तिकरणी गर्ने कार्कीमाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक द्धिबेदीले जानकारी दिए ।




प्रतिक्रिया