स्कूलमै बालिकामाथि बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

स्कूलमै बालिकामाथि बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बालिका बलात्कार गरेको आरोपमा डडेल्धुरामा एक जना शिक्षक पक्राउ परेका छन् ।

प्रहरीले १० वर्षीय बालिकामाथि बलात्कार गरेको आरोपमा जिल्लाको गन्यापधुरा गाउँपालिका–४ को भुवनेश्वरी माध्यमिक विद्यालयका ४७ वर्षीय शिक्षकलाई आइतबार पक्राउ गरेको हो ।

विद्यालयले कक्षा २ मा पढ्ने बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीसमक्ष उजुरी दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले सोही उजुरीको आधारमा आइतबार भट्टलाई पक्राउ गरी थप अनुसन्धान थालिएको जानकारी दिए ।

उनले बालिका र नियन्त्रणमा रहेका शिक्षक दुबैको मेडिकल टेस्टको काम भइहरेको बताए । मेडिकल रिपोर्टका आधारमा कानुनी प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ ।