जबर्जस्ती करणी अभियोगमा अन्नपूर्ण पशुपति आश्रमका सञ्चालक वैध पक्राउ


काठमाडौं – महिला कर्मचारीमाथि जबरजस्ती करणी गरेको अभियोगमा पशुपति अन्नपूर्णा आश्रमका सञ्चालक पक्राउ परेका छन् ।

आश्रममा कार्यरत महिला कर्मचारीले दिएको उजुरीका आधारमा काठमाडौंको दरबारमार्गस्थित आश्रमका सञ्चालक जगदीश वैध पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले वैद्यलाई पक्राउ गरी महानगरीय प्रहरी बृत्त कालिमाटीमा बुझाएको छ ।

महानगरीय प्रहरी बृत्त कालिमाटीका अनुसार वैद्यविरुद्ध २ हप्ता अगाडि एक महिलाले जबरजस्ती करण प्रयास गरेको आरोप लगाउँदै उजुरी दिएकी थिइन् । उनले आफू पशुपति अन्नपूर्ण आश्रममा कार्यरत रहेको तथा आश्रमका सञ्चालक वैद्यले आफूलाई बलात्कार गर्न खोजेको उजुरीमा उल्लेख गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement