जवरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ


कपिलवस्तु – १८ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् ।

कपिलवस्तु नगरपालिका–२ कुदानमा जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा कपिलवस्तु नगरपालिका–४ महुवा बस्ने २५ वर्षीय अब्दुल कलिम र सोही ठाउँ डालपुर बस्ने ३० वर्षीय लोकनाथ यादव रहेका छन् ।

वडा प्रहरी कार्यालय तौलिहवाबाट खटीएको गस्ती टोलीले किशोरीलाई फेला पारी रोईकराइ गरेको अवस्थामा सोधपुछ गर्दा उनीहरुले जबरजस्ती करणी गरेको खुल्न आएपछि प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement