बाँके – जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
१९ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कोहलपुर नगरपालिका– २ आनन्दनगर बस्ने २८ वर्षीय चित्र बहादुर थापालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
ती किशोरीलाई घरसम्म पुर्याईदिन्छु भन्दै भे.१ च २२९७ नम्बरको भ्यानमा राखी बैजनाथ गाउँपालिका–४ गाबरस्थित होमस्टेमा लगेर जबरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया