राप्रपाले भन्योः स्वास्थ्य सामाग्री सेनाले खरिद गरे ‘अपराध’

राप्रपाले भन्योः स्वास्थ्य सामाग्री सेनाले खरिद गरे ‘अपराध’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विश्वव्यापी महामारीको रुप लिइरहेको नोबेल कोरोना भाइरसको संक्रमणको सम्भावित जोखिमबाट जोगिन परीक्षणको दायरा बढाउनुपर्ने माग राखेको छ ।

स्थितिलाई नियन्त्रण र विस्फोटक हुनबाट जोगाउन सरकारले तत्काल परीक्षण प्रयोगशाला निर्माण गरे आवश्यक दक्ष जनशक्ती परिचालन गर्न माग गरेको हो ।

त्यस्तै राप्रपाले स्वास्थ्य क्षेत्रमा खटिएका स्वाथ्यकर्मी र सुरक्षाकर्मीको बनोबल उच्च पार्नुपर्ने माग राखेको छ ।

त्यस्तै राप्रपाले विदेशमा अध्ययनरत विद्यार्थी र अस्थायी रुपमा बसोबास गर्दै आइरहेका नेपालीलाई न्यूनतम सुविधा उपलब्ध गराउन सरकारले पहल गर्नुपर्ने माग गरेको छ ।

‘भारतबाट स्वदेश फर्किएका हजारौं नेपाली भारतीय भूमिमा बिल्लीबाठ अवस्थामा छन् । दशगजा क्षेत्रमा शरणार्थीको रुपमा राखिएका नेपालीलार्य स्वदेश फर्काएर आवश्यक स्वास्थ्य परीक्षण गराउनुपर्छ’, राप्रपाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कोरोनाको उपचारका लागि चीनबाट खरिद गरिएका स्वास्थ्य सामाग्रीमा अनियमितता भएको भन्दै राप्रपाले निष्पक्ष छानबिन गर्न माग गरेको छ ।

‘आवश्यक पर्ने उपचारजन्य सामाग्री नेपाली सेनामार्फत खरिद गरेर ल्याउने चर्चा छ । यदि प्रचारमा आएको कुरामा सत्यताको अंश छ भने यो भन्दा निकृष्ट कार्य एवं अपराध अरु हुनै सक्दैन’, विज्ञप्तिमा भनिएको छ ।