काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ‘मिडिया काउन्सिलसम्बन्धि विधेयक’ मा प्रेस स्वतन्त्रतालाई हनन् हुने गरी राखिएका प्रावधान तत्काल हटाउन सरकारसँग माग गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उक्त विधेयकमा समावेश गरिएको प्रेस स्वतन्त्रतालाई हनन् हुने खालको सबै प्रावधान हटाउन सरकारसँग माग गरेको हो ।
राप्रपाले एक विज्ञप्ति जारी गर्दै संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रता प्रतिकूल हुने गरी सो विधेयकमा समावेश गरिएको सबै प्रावधान तत्काल हटाउन सरकारसँग माग गरिएको राप्रपाले जानकारी दिएको छ ।
बैठकमा पार्टीका नेताहरुले मुलुकमा हिन्दु राष्ट्र पुनस्र्थापना हुने गरी संगठनको कामकार्वाहीलाई गतिशील हुने गरी कार्ययोजना तय गर्न पनि पार्टी नेतृत्वको गम्भिर ध्यानाकर्षण गराएका थिए ।
त्यस्तै राप्रपाले आफ्नो दोश्रो चरणको राष्ट्रिय स्वाभिमान यात्रा जेष्ठ २४ गते मुस्ताङ जिल्लाको मुक्तिनाथबाट प्रारम्भ गर्ने र गोरखामा समापन गर्ने बताएको छ ।




प्रतिक्रिया