निर्वाचन आयोगमा दर्ता हुँदै राप्रपा

निर्वाचन आयोगमा दर्ता हुँदै राप्रपा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

आइतबार बसेको तीन जना अध्यक्षबीचको बैठकले सोमबार र मंगलबार बैठक बस्ने निर्णय गरेको हो । राप्रपाको बैठक दुई समूहमा बस्दैछ । पूर्वराप्रपा (संयुक्त)ले सोमबार दिउँसो चार बजेका लागि बैठक बोलाएको छ भने कमल थापाको राप्रपाले मंगलबारका लागि बैठक बोलाएको छ ।

मंगलबारको बैठक लगत्तै राप्रपाले निर्वाचन आयोगमा दर्ताका लागि जाने भएको छ । राप्रपाका एक नेताकाअनुसार मंगलबार नै निर्वाचन आयोगमा पार्टी दर्ताका लागि जाने कार्यसूची रहेको जानकारी दिए ।

उनले मंगलबार समय अभाव भए बुधबार आयोगमा पार्टी दर्ताका लागि जाने बताए ।  राप्रपाले चुनाव चिन्ह हलो राख्ने सहमति गरेको छ । फागुनमा पार्टीी एकता गरेको राप्रपा र राप्रपा (संयुक्त) अझै निर्वाचन आयोगमा दर्ता भएको छैन् ।