काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निर्वाचन आयोगमा दल दर्ता गर्नै भएको छ । राप्रपाले चुनाव चिह्न हलो र गाई अंकित झण्डा राखेर दल दर्ता गर्ने भएको हो ।
सोमबार र मंगलबार बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकले दल दर्ताको लागि निर्वाचन आयोगमा जाने निर्णय गरेको हो ।
त्यस्तै बैठकले राजसंस्था सहितको हिन्दुराष्ट्र मूल लक्ष्य राखेको छ । बैठकले साविकको राप्रपाको विधान हाल एकिकृत राप्रपा अन्तरिम विधान कायम गरिने सहमति गरेको छ ।
त्यस्तै राप्रपाले पार्टीको एकता महाधिवेशन आगामी बैशाखको २५ देखि २८ सम्म काठमाण्डुमा गर्ने भएको छ ।




प्रतिक्रिया