काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समिति विस्तार भएको छ । पार्टी एकिकरण भएपछि ३२७ जना सदस्य रहेको कार्य समितिमा आज ४०० जना थप भई ७२७ जनाको केन्द्रीय कार्य समिति निर्माण भएको हो ।
एकिकृत पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएपछि पहिलो पटक केन्द्रीय कार्य समितिको विस्तार भएको राप्रपाले जनाएको छ ।
सो पार्टीले असोज २९ गतेसम्म जिल्ला स्तरमा समायोजन सम्पन्न गरिसक्ने र आगामी बैशाख २५ देखी २८ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनको तयारीमा लाग्ने बताएको छ ।
केन्द्रीय कार्यसमिति सदस्यको नाम










प्रतिक्रिया