रत्नपार्कको नाम फेर्ने निर्णय तत्काल फिर्ता लिन राप्रपाको माग

रत्नपार्कको नाम फेर्ने निर्णय तत्काल फिर्ता लिन राप्रपाको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाण्डु महानगरपालिकाले रत्नपार्कको नाम फेर्न गरि गरेको अविवेकी निर्णय तत्काल फिर्ता लिन माग गरेको छ ।

राप्रपाका अध्यक्षत्रय पशुपतिशम्सेर जबर, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले सोमबार एक विज्ञप्ति जारी गर्दै दशकौंदेखि नामाकरण भएर आएका संरचनाको नाम आज अचानक बदल्नु उचित नभएको बताएका छन् । उनीहरुले यो नामाकरणले नेपालको मौलिक संस्कृतिका एक धरोहरको अवमुल्यन गरेको ठहर गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हामी नेपाल राष्ट्र निर्माण र नेपालको राष्ट्रिय एकता र राष्ट्रियताको संरक्षणमा वडा महाराजा पृथ्वी नारायण शाह, राजा महेन्द्र र वि.पि. कोइराला अग्रस्थानमा रहेको ठान्दछौं । उनै राजा महेन्द्रको रानी मुमा वडामहारानीको नाममा झण्डै आधा शताब्दीदेखि नामाकरण गरिएको रत्न पार्कको नाम बदल्नु दुई कारणले अनुचित ठान्दछौं । पहिलो यो कार्यले मुमा बडामहारानी रत्नप्रति अन्याय भएको छ । दोश्रो, यो नामाकरणले नेपालको मौलिक संस्कृतिका एक धरोहरको अवमुल्यन गरेको छ ।’

यस्तो छ विज्ञप्तिः

मिति : २०७७ मंसीर ८ गते

प्रेस विज्ञप्ति

१. संखधर शाख्वा हाम्रो देशको मौलिक संस्कृति र सभ्यताको धरोहर व्यक्तित्व हुन् र राष्ट्रिय विभुति हुन् । यस्ता व्यक्तित्वहरु समस्त नेपालीका आदरणीय हुन् र राष्ट्रले उनिहरुको सम्मान गर्नु पर्दछ । यस क्रममा उनिहरुको नामबाट देशका विभिन्न संस्था, योजना, संरचना र उपलब्धीको नामाकरण हुनु स्वाभाविक भन्ने हामी ठान्दछौं । तर यस क्रममा दशकौंदेखि नामाकरण भएर आएका संरचनाको नाम आज अचानक बदल्नु उचित होइन ।

२. हामी नेपाल राष्ट्र निर्माण र नेपालको राष्ट्रिय एकता र राष्ट्रियताको संरक्षणमा वडा महाराजा पृथ्वी नारायण शाह, राजा महेन्द्र र वि.पि. कोइराला अग्रस्थानमा रहेको ठान्दछौं । उनै राजा महेन्द्रको रानी मुमा वडामहारानीको नाममा झण्डै आधा शताब्दीदेखि नामाकरण गरिएको रत्न पार्कको नाम बदल्नु दुई कारणले अनुचित ठान्दछौं । पहिलो यो कार्यले मुमा बडामहारानी रत्नप्रति अन्याय भएको छ । दोश्रो, यो नामाकरणले नेपालको मौलिक संस्कृतिका एक धरोहरको अवमुल्यन गरेको छ ।

३. संखधर शाख्वाको योगदानको सम्मान गर्न हाल भईरहेको संरचनाको नाम परिवर्तन गरेर होइन, संखधरको नाम राखेर नयाँ र भब्य संरचना बनाउनु पर्छ भन्ने हाम्रो मान्यता हो । त्यसकारण हाल महानगरपालिकाले रत्नपार्कको नाम बदल्ने निर्णय अविवेकी र गलत छ । हाम्रो माग छ : संखधरको नामबाट अझ भब्य साँस्कृतिक÷ऐतिहासिक संरचना बनाइयोस त्यस बखत मात्र उनिप्रति हामीले सहि रुपमा सम्मान गरेको ठहरिनेछ । यस परिप्रेक्षमा काठमाण्ड महानगरपालिकाको वर्तमान अविवेकी निर्णय तुरुन्त फिर्ता गरियोस ।

पशुपती शमसेर ज.ब.रा. डा.प्रकाशचन्द्र लोहनी कमल थापा अध्यक्ष अध्यक्ष अध्यक्ष