काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार जारी भएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्न माग गरेको छ ।
बुधबार बसेको सचिवालय कार्यव्यवस्थाको बैठकले अध्यादेश फिर्ता लिएर सहमतिका आधारमा संवैधानिक परिषद्का सदसयहरुको नियुक्ती हुनुपर्ने माग गरेको राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिए ।
‘संवैधानिक परिषद सम्बन्धि अध्यादेश जारी गर्ने प्रक्रिया र विषयवस्तुले संविधानको चिरहरण गरेको ठहर’, उनले भने ।
त्यस्तै राप्रपाले परिषद बैठकमा भागवण्डा नमिलेर प्रतिपक्ष र गुटको उल्झनमा परि सभामुख अनुपस्थित रहनु गैरजिम्मेवार भएको प्रतिक्रिया दिएको छ ।
‘यसले संवैधानिक परिषदको उपादेयता समाप्त पार्छ र सरकारले मंगलबार जारी गरेको अध्यादेश फिर्ता हुनुपर्छ’, नेता श्रेष्ठले भने ।





प्रतिक्रिया