राप्रपाद्वारा ५ वटा प्रदेशमा अध्यक्ष र उपाध्यक्ष मनोनयन

राप्रपाद्वारा ५ वटा प्रदेशमा अध्यक्ष र उपाध्यक्ष मनोनयन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ५ वटा प्रदेश कार्य समितिका अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेको छ ।

पार्टीको विधानअनुसार उनीहरुलाई पार्टीका अध्यक्षत्रय पशुपति समशेर जबरा, डा. प्रकाश चन्द्र लोहनी र कमल थापाले मनोनयन गरेका हुन् ।

प्रदेश नम्बर १ मा झापाका रामबहुमार थापा अधयक्ष, उपाध्यक्षमा सगुनसुन्दर लावती पाँचथर, प्रदेश नम्बर २ मा सर्लाहीका रामचन्द्र राय छन् भने उपाध्यक्षमा सिरहाका महेशलाल महासेठ रहेका छन् । यस्तै गण्डकी प्रदेशमा लमजुङका हेमजंग गुरुङ, उपाध्यक्षमा गोरखाका महेश्वर रोक्का रहेका छन् ।

साथै लुम्बिनीमा रुपन्देहीका प्रदीकुमार उदय र उपाध्यक्षमा रुपन्देहीकै कैलाश गुरुङ रहेका छन् । कर्णाली प्रदेशमा दिप बहादुर शाही कालिकोट छन् भने सुर्खेतका जनकसिंह ठकुरी उपाध्यक्षमा चयन भएका छन् ।