राप्रपाको महााधिवेशनको कार्यतालिका हेरफेर

राप्रपाको महााधिवेशनको कार्यतालिका हेरफेर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी महाधिवेशनको आन्तरिक कार्यतालिका हेरफेर गरेको छ ।

सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकले महाधिवेशनको आन्तरिक कार्यतालिका परिवर्तन गर्ने निर्णय गरेको सचिवालयका प्रमुख ध्रुवबहादुर प्रधानले जानकारी दिएका छन् ।

बैठकले सक्रिय सदस्यता वितरण गर्ने म्याद बैशाख मसान्तसम्म थप गरेको छ । त्यस्तै जिल्ला तहसम्मको अधिवेशन बैशाख मसान्तसम्म, प्रदेश कार्य समितिको निर्वाचन जेठ ७ गतेसम्म, महाधिवेशन प्रतिनिधि निर्वाचन २०७८ जेठ १० गतेसम्म र केन्द्रीय महाधिवेशन जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाण्डुमा गर्ने निर्णय सचिवालय बैठकले गरेको छ ।