जानकी मन्दिरबाट राप्रपा (संयुक्त) ले निकाल्यो बुद्ध रथ यात्रा

जानकी मन्दिरबाट राप्रपा (संयुक्त) ले निकाल्यो बुद्ध रथ यात्रा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातान्त्रिक पार्टी (संयुक्त)ले जनकपुरधामस्थित जानकी मन्दिरबाट जानकी बुद्ध रथ यात्रा निकालेको छ ।

नेपाललाई सनातन सर्वधर्म सापेक्ष हिन्दु राष्ट्र कायम गर्न धार्मिक एवं ऐतिहासिक तथा पूरातात्विक नगरी जनकपुरधाम स्थित जानकी मन्दिरबाट जानकी बुद्ध रथ यात्रा गर्न लागेको हो ।

नेपालको धर्म र संस्कृतिमाथि प्रहार गरी धर्म निरपेक्षता घोषणा गरेकाले चरणबद्ध यात्राको आरम्भ गरेको गर्न लागेको अध्यक्ष पशुपति शम्शेर जबरा बताए ।

उनले भने, ’संसारमै हिन्दु राष्ट्रको पहिचान गुमाएकाले एकल र सिंगो नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नु बाहेकको विकल्प नदेखेर हामीले हिन्दु राष्ट्र पक्षमा उभिएका हौं, नेपाल हिन्दुराष्ट्र कायम भारत र चीन समेतले स्वागत गर्छ ।’

उनले संसारमै एक मात्र सिंगो हिन्दु राष्ट्र नेपाल रहेकाले पुनः हिन्दु राष्ट्र स्थापनार्थका निम्ति चरणबद्ध संघर्षको कार्यक्रम अन्तर्गतयात्रा गर्न लागेको बताए ।

यात्राको क्रममा अर्को अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले मन्दिरबाट हुँदै सुरु हुने यात्रा प्रमुख धार्मिकस्थल हुँदै लुम्बिनीसम्म पुग्ने जानकारी दिए ।

उनले नेपाललाई हिन्दु राष्ट्र स्थापनाका निम्ति संविधानअनुरुप स्थापनामा शान्तिपूर्ण चरणबद्ध धार्मिक यात्राको अभियान थालेको बताए ।

उनले भने, ‘कांग्रेस तथा नेकपाको षड्यन्त्रले गर्दा हिन्दु राष्ट्र गुमाउनु प‍र्यो, हिन्दु धर्म र संस्कृतिक हाम्रो पहिचान थियो र छ त्यसैले हिन्दु धर्म राष्ट्रका गौरव पनि हो, त्यसैले अभियानमा राप्रपा संयुक्तले आफ्नो पहल थालेको हो ।’