काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपसभामुखको निर्वाचनमा नेकपा एमालेलाई समर्थन गर्ने भएको छ ।
प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उपसभामुखमा एमालेलाई समर्थन गर्ने बताएका हुन् । उनले संविधानको भावना अनुरुप उपसभामुख पदमा प्रतिपक्षको हक लाग्ने भन्दै एमालेकी विद्या भट्टराईलाई मतदान गर्ने बताए ।
‘संवैधानिक व्यवस्थालाई कुनै तर्क र बहानाको आडमा गलत व्याख्या गरिए संविधान मिच्ने क्रम अझै बढ्छु, उनले भने, ‘हाम्रो पार्टीको दृष्टिमा उपसभामुख पद प्रतिपक्षलाई दिनुपर्छ। यो पद प्रतिपक्षको हक पनि हो। त्यसैले हाम्रो समर्थन प्रतिपक्षलाई हुनेछ।’




प्रतिक्रिया