राप्रपाले काठमाडौं महानगरलाई बुझायो १ लाख जरिवाना

राप्रपाले काठमाडौं महानगरलाई बुझायो १ लाख जरिवाना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकालाई जरिवाना बुझाएको छ । राप्रपाले आइतबारको पूर्वराजाको स्वागत प्रदर्शनमा फोहोरमैला भएबापत महानगरलाई १ लाख रूपैयाँ जरिवाना बुझाएको हो ।

पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न राप्रपालगायत राजावादी शक्तिहरूले हिजो जनप्रदर्शन गरेका थिए । महानगरले फोहोरमैला व्यवस्थापन ऐन, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन तथा काठमाडौं महानगरपालिकाको आर्थिक ऐनबमोजिम जरिवाना लगाएको हो ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले आज महानगरको खातामा १ लाख रकम दाखिला गरेको बताए ।