संसद बहिष्कार गरेको राप्रपाले बैठक भत्ता नलिने

संसद बहिष्कार गरेको राप्रपाले बैठक भत्ता नलिने


काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसद बैठक भत्ता नलिने घोषणा गरेको छ ।

प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संघीय संसद सचिवालयका महासचिवलाई पत्र लेखेर हिजो असार १ गते बसेको प्रतिनिधि सभाको बैठक भत्ता नलिने जानकारी दिएका हुन् ।

राप्रपाले उक्त दिन प्रतिनिधि सभाको बैठक बहिष्कार गरेको थियो ।

शाहीले लेखेका छन्, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले मिति २०८२ असार १ गते बसेको प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको सर्वविदितै छ । हाम्रो पार्टीले उठाएका मागहरू भिजिट भिसा प्रकरणमा संसदमा अबरोध भएको समयमा पनि जबर्जस्त बैठक संचालन गर्नु अनुचित हुने ठहर गर्दै यो बैठक बहिष्कार गर्ने निर्णय गरिएकाले यो बैठक वापत प्राप्त हुने बैठक भत्ता राजस्वमा फिर्ता हुने ब्याबस्था गरि सहयोग गरिदिन हुन अनुरोध छ ।’