राप्रपा उपाध्यक्ष गिरी पदमुक्त, नेता कार्यकर्तालाई पार्टीको हित विपरीत अभिव्यक्ति नदिन उर्दी

राप्रपा उपाध्यक्ष गिरी पदमुक्त, नेता कार्यकर्तालाई पार्टीको हित विपरीत अभिव्यक्ति नदिन उर्दी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेको छ ।

शुक्रबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट हटाएका हुन् ।

अलगत गरेको राप्रपाका प्रचार विभाग प्रमुख एवम् प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। गिरी मनोनित उपाध्यक्ष हुन्।

यसअघि लिङ्देनले असार २५ गते अनुशासन समितिको अध्यक्षबाट नवराज सुवेदी र प्रवक्ताबाट सगुनसुन्दर लावतीलाई पनि पदमुक्त गरेका थिए।

यस्तै आज बसेको पार्टीको अनुशासन समितिको बैठकले नीति सिद्धान्त र हित विपरीत हुने गरी कुनै पनि लिखित वा मौखक अभिव्यक्ति नदिन नेता तथा कार्यकर्तालाई उर्दी गरेको छ ।