काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पदमुक्त गरेका नेताहरूको विषयमा स्पष्ट पार्न निर्वाचन आयोगले पत्र लेखेको छ ।
लिङ्देनले अनुशासन समितिका संयोजक नवराज सुवेदीको ठाउँमा रोशन कार्कीलाई नियुक्त गरेका थिए भने सुवेदीलाई पदमा यथावत् राख्नुपर्ने माग राखेर विज्ञप्ति निकाल्ने उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पनि हटाएका थिए ।
अध्यक्ष लिङ्देनले सगुन लावतीलाई समेत प्रवक्ताबाट पदमुक्त गरेका थिए ।
अनुशासन समितिका संयोजकको स्थानमा अर्को व्यक्तिलाई जिम्मेवारी दिएपछि त्यस विरुद्ध २९ असारमा असन्तुष्ट पक्ष निर्वाचन आयोग पुगेको थियो । अध्यक्ष लिङ्देनको निर्णय बदरको माग राख्दै उनीहरू आयोग पुगेका थिए ।
असन्तुष्ट पक्षको निवेदनको आधारमा आयोगले राप्रपासँग जानकारी मागेको हो । राप्रपाका कोषाध्यक्ष निलकण्ठ काफ्लेले आयोगले जानकारी माग गरेर पत्र पठाएको जानकारी गराए ।




प्रतिक्रिया