राप्रपा (संयुक्त) र राप्रपाबीच एकताः बैठकको अध्यक्षता पालैपालो

राप्रपा (संयुक्त) र राप्रपाबीच एकताः बैठकको अध्यक्षता पालैपालो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र (संयुक्त) र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकीकरण गर्न दुई पार्टीका नेताहरूले अन्तिम गृहकार्य गरेका छन् । एकीकृत पार्टीका नाम, चुनाव चिह्न र झण्डाका विषयमा करिब–करिब सहमतिनजिक पुगेको राप्रपा (संयुक्त)का प्रवक्ता जनकराज पाठकले जनाएका छन् ।

प्रवक्ता पाठकका अनुसार एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी हुनेछ । चुनाव चिह्नबारे हाल दुव‌ै पार्टीको चिन्ह स्थगन गरिने र एकता भएको ६ महिना भित्रमा निर्णय गरिनेछ ।

यसैगरी, केन्द्रीय समिति, पदाधिकारीलगायत एकीकृत पार्टीका सबै निकायमा वरावरिको आधारमा भागबन्डा गरिने छ । एकीकृत पार्टीमा तीन अध्यक्ष रहने प्रस्ताव गरिएको पनि पाठकले जानकारी गराए ।

उनका अनुसार पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापा रहने छन् । तिनै अध्यक्षको हैसियत भने बराबर हुनेछ । बैठकको अध्यक्षता पालैपालो गर्ने सहमति भएको छ । आपसी सहमतिमा महाधिवेशनको मिति तय गर्ने र ततपश्चात चुस्त रुपमा पार्टीलाई अगाडि बढाउने सहमति भएको पाठकले बताए । राप्रपा(संयुक्त)ले यहि विषयमा अन्तिम निर्णय लिन शनिवार विहान वैठक बोलाएको थियो । बैठकले अध्यक्षद्वय पशुपतिशमशेर जवरा, डा प्रकाशचन्द्र लोहनीलाई एकता सम्वन्धि अन्तिम निर्णय गर्ने अधिकार प्रत्यायोजन गरेको छ ।

‘हामी अव एकताको प्रक्रियामा जादैछौं । य‍ो विषयलाई तार्किक निष्कर्षमा पुर्याउन अध्यक्षद्वयलाई पुर्ण अधिकार प्रदान गरिएको छ । राप्रपा(संयुक्त)र राप्रपा को एकिकरण पछि अव राप्रपालाई नेतृत्वदायी दलको रुपमा स्थापित गर्न आफुहरु क्रियाशित रहने र आगामी निर्वाचनमा हाम्रो सानदार उपस्थित हुन्छ’, प्रवक्ता पाठकले भने, ‘हामी हिन्दुराष्ट्र, राजसंस्थासहितको प्रजातन्त्रको पक्षमा स्पस्ट उभिएका छौं । यो दललाई राष्ट्रवादी दलको रुपमा स्थापना गर्नु हाम्रो दायित्व र कर्तव्य हो ।’