अफगानिस्तानमा रहेका नेपालीलाई स्वदेश फर्काउन राप्रपाको माग

अफगानिस्तानमा रहेका नेपालीलाई स्वदेश फर्काउन राप्रपाको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अफगानिस्तानमा रहेका नेपालीहरूप्रति चिन्ता व्यक्त गरेको छ ।

राप्रपाका अध्यक्षत्रय पशुपति शमशेर जबरा, प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त विज्ञप्ति जारी गर्दै अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित स्वदेश फर्काउन सरकारसँग माग गरेका हुन् ।

‘तालिवानी विद्रोहीहरूको आक्रमण बढ्दै जाँदा अफगानिस्तान डरलाग्दो गृहयुद्धमा फस्ने खतरा बढ्दै गएको छ । यस अवस्थामा त्यहाँ रहेका नेपालीहरूको सुरक्षाबारे राप्रपा चिन्तित रहेको छ,’ जारी विज्ञप्तिमा लेखिएको छ, ‘त्यसर्थ, अफगानिस्तानमा रहेका नेपालीहरूलाई सुरक्षित तवरले स्वदेश फर्काउन तथा उनीहरूको पूर्ण सुरक्षाको व्यवस्था गर्न राप्रपा नेपाल सरकारसँग माग गर्दछ ।’

राप्रपाले तत्कालीन नेपाल सरकार र ब्रिटिश सरकारबीच भएको सम्झौता अनुरूप बेलायती सेनामा रहेर नेपाली नागरिकहरूले काम गर्न थालेको २०० वर्ष नाघिसकेको र बेलायती सेनामा काम गर्ने नेपालीहरूमाथि कायम रहेको भेदभाव तथा असमानता पूर्णरूपमा अन्त्य हुन नसकेकोप्रति समेत ध्यानाकर्षण गराएको छ ।