भावी रणनीति तय गर्न राप्रपाले बोलायो विस्तारित बैठक

भावी रणनीति तय गर्न राप्रपाले बोलायो विस्तारित बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वाभिमान यात्रा तथा वर्तमान राजनीतिक परिस्थितिको समिक्षा गर्दै भावी रणनीति तय गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय समितिको विस्तारित बैठक असार ६ र ७ गते बस्ने भएको छ ।

बैठकमा सरकारलाई बुझाइएको २२ बुँदे ज्ञापनपत्र र पहिलो चरणको वार्ताका विषयमा समेत छलफल हुने राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

विस्तारित बैठकमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, प्रदेश कार्य समितिका अध्यक्षहरु, केन्द्रीय विभाग र भातृ संगठनका प्रमुखहरु र ७७ वटै जिल्लाका अध्यक्षहरुको सहभागीता रहनेछ ।

बैठकमा अध्यक्ष कमल थापाले समसामयिक राजनीतिक परिस्थितिको समिक्षा र भावी कार्यदिशा विषयमा राजनीतिक प्रतिवेदन, महामन्त्री राजेन्द्र लिङ्देनबाट संगठन सुदृढीकरण सम्बन्धि प्रतिवेदन, महामन्त्री भाष्कर भद्राबाट सचिवालय सम्बन्धि प्रतिवेदन र कोषाध्यक्ष उद्धव पौडेलबाट आर्थिक प्रतिवेदन पेश हुने राप्रपाले जनाएको छ ।