काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको मिति टुङ्गो लगाउने भएको छ । महाधिवेशनको मितिबारे छलफल गर्न आज निर्देशक समितिको बैठक बोलाएको छ ।
बिहान ११ बजे चाबहिलमा बस्ने बैकले महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए । गाउँपालिका, नगरपालिका, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय महाधिशेनको मिति आज सार्वजनिक हुने उनको भनाइ छ । यसअघि पटक पटक महाविधेशनको मिति तय गरेपनि कोरोना महामारीका कारण प्रभावित हुँदै आएको छ।
पहिलो वैशाख २२ देखि २५ गतेसम्म महाधिवेशन तय गरेपनि चैत मसान्तसम्म जिल्ला अधिवेशन गर्न नसकेपछि जेठ २२ देखि २५ गतेलाई तय गरिएको थियो । तर, वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएपछि फेरि कार्यतालिका प्रभावित भएको थियो।




प्रतिक्रिया