राप्रपाको मतदान सुरु, राजेन्द्र लिङ्देनले खसाले पहिलो भोट

राप्रपाको मतदान सुरु, राजेन्द्र लिङ्देनले खसाले पहिलो भोट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । बिहीबारदेखि सुरु भएको महाधिवेशनअन्तर्गत आज बिहान ८ बजेदेखि नै तय भएको मतदान झण्डै चार घण्टा ढिलो गरी सुरु भएको हो ।

अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले पहिलो भोट खसालेका छन् । योसँगै अन्य मतदाताहरू पनि क्रमश मतदानस्थलमा प्रवेश गर्दै मतदान गरिरहेका छन् । राप्रपाको नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा छन् ।