राप्रपामा पार्टी छोड्ने लहर, प्रजातान्त्रिक महिला संगठन राप्रपा नेपालमा समाहित

राप्रपामा पार्टी छोड्ने लहर, प्रजातान्त्रिक महिला संगठन राप्रपा नेपालमा समाहित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महिला संगठन कमल थापा नेतृत्वको राप्रपा नेपालमा समाहित भएको छ । सय बढि महिला कार्यकर्ता रहेका राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले हिजो सोमबार राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा त्यागेको हो ।

पार्टीका पूर्व अध्यक्ष थापाले राप्रपा नेपाल नामक नयाँ दल खोलेपछि राप्रपामा पहिरो जान थालेको हो । हिजो मात्रै राप्रपाबाट १ सय ४ महिला कार्यकर्ता राप्रपा नेपालमा प्रवेश गरेका हुन् । संगठनले विज्ञप्तिमार्फत पार्टी छाडेको जानकारी गराउँदै राप्रपा नेपालसँग जोडिएको बताएका छन् ।