काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशन आगामी कात्तिकमा गर्ने निर्णय गरेको छ । राप्रपाको शनिबार बसको केन्द्रीय निर्देशन समितिको बैठकले आगामी कार्तिक २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो । यसअघि राप्रपाले कोरोना भाइरसको कारण देखाउँदै महाधिवेशन स्थगित गर्दै आएको थियो ।
तोकिएको समयमा महाधिवेशन सम्पन्न गर्नका लागि वडा/गाउँ/नगर/प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधीसभा निर्वाचन क्षेत्र र जिल्ला कार्य समितिको निर्वाचन भदौ मसान्तसम्म गरिसक्ने राप्रपाले निर्णय गरेको छ ।
यस्तै सक्रिय सदस्यता वितरण भदौ मसान्तसम्म गर्ने र असोज २० गतेसम्म प्रदेशसभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यहरुबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन गर्ने तालिका छ । निर्देशन समितिको बैठकमा अध्यक्षत्रय कमल थापा, पशुपतिशम्शेर जबरा र प्रकाशचन्द्र लोहनी उपस्थित थिए ।




प्रतिक्रिया