काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र पूर्वअध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ । पार्टी महाधिवेशनबाट लिङ्देन अध्यक्षमा निर्वाचित भएको ६२ दिनपछि उनीहरुबीच शनिबार वान टु वान भेटवार्ता भएको हो ।
दुई नेताबीच पछिल्लो सयम पार्टीभित्र देखिएको विवाद अन्त्य गरेर जानबारे महत्वपूर्ण सहमति भएको राप्रपा महामन्त्री भुवन पाठकले जानकारी दिए । ‘राप्रपा कुनै हालतमा फुट्न नदिने प्रतिवद्धता दुवै नेताबाट भएको छ,’ उनले भने ।
राप्रपामा कमल थापाले महाधिवेशनमा निर्मल निवासबाट भएको भनिएको हस्तक्षेपबारे छानबिन गर्न माग गर्दै आएका थिए भने लिङ्देनले सो मागको सम्बोधन नै गर्न चाहेका थिएनन् ।
यस्तो अवस्थामा भएको दुई शीर्ष नेताबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । राप्रपाको एकता महाधिवेशनमा पराजित भएपछि थापा लिङ्देनसँग रुष्ट छन् । उनले बोलचाल समेत गरेका थिएनन् ।




प्रतिक्रिया